
धादिङ । बागमती प्रदेश सरकारकाे अायाेजनामा सुरुभएकाे प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियाेगिता अन्तरगत हेटाैडामा जारी ब्याडमिन्टनमा महिला टिम फाईनल पुगेकाे छ भने महिला भलिबल टिमले भक्तपुरलाई हराउदै विजय सुरुवात गरेकाे छ ।
अाज भएकाे ब्याडमिन्टन प्रतियाेगितामा ललितपुरलाई पराजित गर्दै धादिङको महिला फाईनल पुगेकाे हाे । नुवाकाेट र भक्तपुरलाई हराएकाे पुरुष टिम भने ललितपुर सँग सेमिफाइनलमा पराजित हुँदै फाईनल पुग्न राेकिएकाे छ ।
यस्तै चितवनकाे माडीमा अाजबाट सुरुभएकाे महिला भलिबलमा धादिङले भक्तपुरलाई पराजित गर्दै जितकाे सुरुवात गरेकाे छ । अर्काे खेल भाेली दाेलखा सँग हुने खेल प्रशिक्षक सन्दिप थापामगरले बताए । पुरुष भलिबल पनि भाेलिबाट सुरु हुने बताईएकाे छ । पुरुष भलिबलमा भाेलि सिन्धुली सँग खेल्ने छ ।
धादिङका पुरुष ब्याडमिण्टन खेलाडीहरु
सविन तामाङ, इश्वर थापा मगर, राम मल्ल, अश्विन मगर, आशिष राना, मोहन गुरुङ
धादिङका महिला ब्याडमिण्टन खेलाडीहरु
वविता पुरी, रुविना थापा, निप्ठा श्रेष्ठ, सूचना अधिकारी, कविता बस्नेत, लक्ष्मी धमला
टिमको कोच: बुद्धिबहादुर थापा
म्यानेजर: अन्जान श्रेष्ठ
धादिङको भलिबल टिम
पुरुष तर्फ: विजय गुरुङ, प्रकाश तामाङ, अमल आले, विदुर इटनी, प्रताप तामाङ, विजय तामाङ सोलमान तमाङ, राजकुमार तामाङ, सम्राट श्रेष्ठ, मिलन न्यौपाने, सविन श्रेष्ठ र मनोज श्रेष्ठ ।
महिला तर्फ: गंगा गुरुङ, जमुना तामाङ, कृषला बराम, सर्मिला तामाङ, रोजिना बराम, आक्रिती बराम, पार्वती बराम, सरिना श्रेष्ठ, प्रतिक्षा थापामगर, मर्सिफुल तामाङ, सिम्रन अर्याल र प्रवीना क्षेत्री रहेका छन् ।
प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश छन् । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । जसमा पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टन जारी छ भने भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।
चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।
प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।
