शालिकराम जमकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डको पहल

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७८

धादिङ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र वागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री बनाउन पहल थालेका छन् ।

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी मुख्यमन्त्री छाडेर दिएर बागमतीमा जमकट्टेललाई बनाउने पहल थालेका हुन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा वागमती दिने जवाफ दिएको खुलासा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ काँग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् ।