धादिङको मैदी प्रहरी चौकीबाटै गलत सूचना सम्प्रेषण

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७८

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका स्थित मैदी प्रहरी चौकीले नै गलत सूचना सम्प्रेषण गरेको पाइएको छ । मैदी सात दोबाटोस्थित प्रहरी चौकीले म्यादी प्रहरीमा भर्ना खुल्यो भन्दै गलत सूचना प्रवाह गरेको पाईएको हो ।

यद्यपि, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना खुलेको समाचार गलत रहेको विज्ञप्ति सार्वजनिक गरेको छ । प्रहरी चौकी मैदीले आफ्नो फेसबुक आइडीमार्फत बुधबार ‘कमिङ सुन’ भन्दै फटोसप गरेको फोटो सामग्री प्रस्तुत गरेको हो ।

एद्यपी उक्त गलत सूचना मैदी प्रहरी चौकीले आफ्नो फेसबुकबाट हटाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आजै एक विज्ञप्ति जारी गर्दै आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धि सूचना सार्वजनिक नगरेको स्पष्ट पारेको छ ।