
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. १ काठमाडौ, स्थित थापा गाउँ, दहचोक क्षेत्रमा रहेको दल बहादुर बुढा मगरको कुखुराको खोरमा पसेर फसेको चितुवालाई सकुसल उद्दार गरिएकाे छ ।
आज विहान दल बहादुर बुढा मगरको कुखुराको खोरमा पसेर फसेको अन्दाजी-२.५ वर्षको वयस्क पोथी चितुवा थानकोट सव-डिभिजन वन कार्यालय, काठमाडौ तथा महानगरीय प्रहरी प्रभात, बलम्बु तथा स्थानीयको सहयोगमा डिभिजन वन कार्यलय काठमाडौका पशु चिकित्सक रामजी पौडेलको प्राविधिक टोलिले सकुशल उद्धार गरि चिडियाखाना जावलाखेलमा पठाएको थानकोट सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत क्षेत्र विक्रम खाँणले बताए ।
