
धादिङ । माओवादी केन्द्रले आज ललितपुर गोदावरी हलमा बागमती प्रदेशस्तरीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने उक्त प्रशिक्षणमा प्रदेश समिति पदाधिकारी र सदस्य, प्रदेश सल्लाहाकार एवं जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी एवं सदस्य, प्रदेश परिषदका मनोनित सदस्य, जिल्ला समन्वयन समितिका पदाधिकारी एवं सदस्य, पालिकाका पदाधिकारी, जबस मोर्चाका प्रदेश पदाधिकारी, जबस मोर्चाका जिल्ला पदाधिकारी, प्रदेश सम्पर्क समन्वयन समितिका पदाधिकारी एवं सदस्यहरु र सम्पर्क समन्वयन समितिका जिल्ला पदाधिकारी सदस्यहरुलाई अनिर्वाय बोलाईएको माओवादी केन्द्र बागमती प्रदेशका एक नेताले धादिङपोष्टलाई बाताए ।
एमसीसी प्रकरण, जनप्रतिनीधिहरु र नेता कार्यकर्ता बीचको दुरीलाई कम गर्दै आगामी स्थानीय तहको निर्वाचनमा कार्यकर्ताहरुलाई एकताबद्ध पार्दै चुनावी माहौलमा लैजान प्रशिक्षणको आयोजना गरिएको बताईएको छ ।
