
धादिङ । नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।
मंगलबार केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो । यस अभियान संचालनका लागि केन्द्रीय सदस्य डा। गोविन्द प्रसाद पोखरेल धादिङ आउने सूचिमा पेका छन् ।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।
