धादिङका ३ खेलाडीले जिते प्रदेशमा गोल्ड मेडल

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७८

धादिङ । १४ औं दक्षिण एसियाली खेल र राष्ट्रिय सेलक्सनका लागि भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङका अभिषेक डल्लाकोटी, प्रविण तामाङ र रुपेश तामाङले स्वर्ण पदक जितेका छन् ।

यस्तै सुप्रिमा बजगाई, धनबहादुर गुरुङले रजत र मनोज श्रेष्ठ, सुशान्त पाण्डे र पावल तामाङले कास्य पदक जितेका छन् ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार पदक संख्याको आधारमा प्रदेश स्तरीय यस प्रतियोगितामा धादिङ तेस्रो भएको छ ।