
काठमाडौं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने ९७ जना केन्द्रीय समितिका सदस्यहरु नाम प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका थिए ।
जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो । प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्ड पुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन् ।
बागमती प्रदेशबाट को को थपिए केन्द्रीय सदस्य ?
दलित पुरुष तर्फः शंकर दुलाल, टेकबहादुर मिजार, रणेन्द्र बराईली
खस आर्य महिलाः कन्चन खनाल, गंगा दाहाल,
जनजाति पुरुषः देवेन्द्र श्रेष्ठ, दीर्घ श्रेष्ठ, दिनेश महर्जन, राजकाजी महर्जन
जनजाति पुरुषः सुर्यमान दोङ
खस आर्यपुरुषः इन्द्र गोतामे, पारण मणि, शैलेन्द्र घिमिरे
खस आर्य पुरुष युवाः रत्न ढकाल,
प्रस्तावित केन्द्रीय प्रतिनीधिः डीबी ढकाल, सुनीता गौतम, रामनारायण विडारी

