
धादिङ । यही फागुन २८ गतेदेखि चैत्र १२ गते सम्म बागमती प्रदेश सरकारले प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको आयोजना गर्दै छ ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने छन् ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले यी ८ विधाका खेलहरु पाँच जिल्लामा हुने जनाएको छ ।
जसमा
पुरुष फुटबल, ब्याडमिण्टन, तेक्वान्दो मकवानपुरमा, एथ्लेटिक्स काठमाडौमा, कराँते सिन्धुपाल्चोकमा, भलिबल चितवनमा, क्रिकेट चितवनमा, महिला फुटबल र बक्सिङ काभ्रेपलान्चोमा हने छन् ।

