
धादिङ । फागुन २८ गतेदेखि हुन लागेको प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि धादिङबाट तेक्वान्दोका खेलाडीहरु छनोट भएको नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले बताए ।
धादिङबेसी स्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आज पालिकाले पठाएको खेलाडीहरु बीच प्रतिस्पर्धा गरि खेलाडी छनोट गरिएको गिरी धादिङपोष्टलाई बताए ।
यी हुन् प्रदेशका लागि धादिङबाट तेक्वान्दोतर्फ छानिएका खेलाडीहरु
पुरुष तर्फ
अभिशेक डल्लाकोटी 54kg
सुशान्त श्रेष्ठ 58kg
दिपेन्द्र श्रेष्ठ 63kg v
उत्तम पाठक 74kg
मनोज श्रेष्ठ 80kg
Poomse
धनबहादुर गुरुङ (सिङ्गल)
ग्रुपः सुमन गुरुङ, धनबहादुर गुरुङ र अनिश तामाङ
Pair Poomse
आशिष तामाङ र सुस्मिता तामाङ
महिला तर्फ
सुप्रिमा बजगाई 46kg
रेजिना बुढाथोकी 49kg
धन मगर 57kg
रेविका तामाङ 62kg
Poomse
पोल्मा गुरुङ (सिङ्गल)
ग्रुपः सुस्मिता गुरुङ, अन्जना गुरुङ र अलिशा गुरुङ
जिल्ला छनोटको लागि प्रदेशले पहिलो किस्तामा ५ लाख, दोस्रो किस्तामा ३ लाख गरि ८ लाख पठाउने छ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडमिण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।
