धादिङबेसीमा सम्पन्न दोस्रो मेयर कपमा यी ९ टिम भए प्रथम

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयर कप २०७८ को जिल्ला तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला तर्फ पुरुष एकल तर्फ सविन तामाङ, महिला एकल तर्फ बविता पुरी, पुरुष युगल तर्फ राजेन्द्र बानिया र रामचन्द्र गिरी, बी लेभल तर्फ कविन्द्र अधिकारी र रुपेन्द्र बानिया त्रीपुरासुन्दरी प्रथम भएका छन् ।

यस्तै राष्ट्रिय अण्डर १७ केटा तर्फ त्रिभुवन आर्मी क्लवबाट विभेक चौधरी, अण्डर १७ केटी तर्फ त्रिभुवन आर्मी क्लवबाटै प्राथना देउवा, पुरुष युगल भेट्रान्स ५५ प्लस तर्फ कास्कीका द्वय दिलपुन र मनोज कुमार श्रेष्ठ, भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ पोखराका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठ र प्लस २० तर्फ मनकामना पोखराका विशाल बस्नेत र प्रनिशसिं ठकरी प्रथम भए ।

जिल्ला तर्फको फाईनल खेल बुधबार नै सम्पन्न भएको थियो भने राष्ट्रिय तर्फको फाईनल आज सम्पन्न भए सँगै एक विशेष समारोहका साथ विजेताहरुलाई नगद सहित पुरस्कार वितरण गरिएको थियो ।

जिल्ला तर्फ प्रथम हुने पुरुष एकल र पुरुष युगल लाई ३०-३० हजार, दितियदाई २०-२० हजार र तृतिय हुनेलाई ६-६ हजार, महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतिय हुनेलाई २५-२५ सय , जिल्ला बि लेभल तर्फ पुरुष युगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई ५-५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै राष्ट्रिय पुरुष युगल प्रथम ४० हजार दितिय २५ हजार र तृतियलाई ७५-७५ सय, अण्डर १७ केटा र केटी एकल तर्फ प्रथमलाई २५-२५ हजार, दितिय १५-१५ हजार र तृतियलाई ५-५ हजार, राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई ७५-७५सय र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई ७५-७५सय हजार पुरस्कार प्रदान गरिएको थियो ।

धादिङ जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठको सभापतित्वमा भएको प्रतियोगिता समापन तथा पुस्कार वितरण समारोहमा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।

यी हुन्, प्रथम द्धितिय र तृतिय हुने टिम