
काठमाडौं । प्रहरीले काठमाण्डौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा प्रेशर कुकर बम राख्ने व्यक्ति पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) का पशुपति बहुमुखी क्याम्पस अध्यक्ष काभ्रे भुम्लो २ सिमथली निवासी २१ वर्षिय सुवास महत रहेको प्रहरीले जनाएको छ ।
महतलाई फागुन १७ गते काठमाण्डौं स्थित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैईरहेको जनाईएको छ ।
