
धादिङ । धादिङ जिल्ला ब्याडमिण्डन संघको आयोजनामा आईतबारबाट धादिङबेसीमा मेयर कप २०७८ ब्याडमिण्टन प्रतियोगिता जारी छ । प्रतियोगिताको उद्घाटन भने नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले आज गर्ने कार्यक्रम छ ।
आज (सोमबार) बिहानमा जिल्ला स्तरीय सेमिफाईनल खेलहरु सुरु अगावै बिहान १० बजे उद्घाटन हुने र लग्गतै राष्ट्रिय स्तरको खेलहरु हुने यस प्रतियोगिता फागुन १९ गते सकिने आयोजकले जनाएको छ ।
धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ । यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।
त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल (र्याङ्किङ २० बाहेक ) तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।
राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।
