लोकप्रिय कलाकार जयनन्द लामाको निधन

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७८

काठमाडौँ । कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।

हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनको छक्का पन्जा चलिचत्र, कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । । उनी नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।