देउवा, प्रचण्ड र नेपालबीच एमसीसी आजै संसदमा पेस गर्ने समहती

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान नै एमसीसी बुधबारको बैठकमा पेस गर्ने सहमति भएको थियो ।

एमसीसी संसदमा बुधबार टेबल भएपनि बुधबार नै पारित गर्ने या नगर्ने भन्ने विषयमा भने यी तीन नेताहरुले कुनै निकर्ष निकाल्न सकेन ।

तीन नेताको बैठक पछि भएको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले त्यही ब्रिफ्रिङ गरेका थिए । बैठककै क्रममा उनले सभामुख सापकोटालाई फोन गरेर सरकारले भोलि (बुधाबर) नै एमसीसी अुनमोदनको प्रस्ताव ल्याउन लागेको बताएका थिए ।