देउवाले ‘एमसीसीमा सुधार्नुपर्ने बुँदा’ दाहाल र नेपाल सँग मागे

Avatar photo
Dhadingpost
माघ १९, २०७८

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँग एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् ।

दाहाल र नेपालले यथास्थितिमै एमसीसी पारित गरेर जान नसकिने बताएपछि बुधबार बिहान भएको भेटमा देउवाले सुधार गर्नुपर्ने बुँदाहरु उपलब्ध गराउन माग गरेका हुन् ।

सिन्धुपाल्चोकमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु प्रधानमन्त्री देउवाले माग गरेको खुलास गरे ।

कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन टुट्ने भयो कि भन्ने अनावश्यक भ्रम र आशंका फैलिएको भन्दै त्यसबारे ढुक्क हुन आश्वासन दिए । ‘गठबन्धन टुट्दैन,’ नेता नेपालले अघि भने, ‘एमसीसी पास गर्ने विषयमा पनि छलफल भइरहेको छ । हामी चुनावमा पनि गठबन्धनबाटै अघि बढ्छौं ।’