स्थानीय तहको निर्वाचन जेठमा गर्न गठबन्धन सहमत

Avatar photo
Dhadingpost
माघ १५, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमति गरेका छन ।

गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए ।

मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उनले बताए । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उनले प्रष्ट पारे ।