
धादिङ । बागमती प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि केहि बेर तनाव सृजना भएको छ ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिचे पछि निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राज दाहाल सहितको समुहले निर्वाचन अधिकृतमाथि धकेलेका थिए ।
श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । त्यही बेला धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
