धादिङका श्याम पाठक र राजु थापा सहित ४ जना कस्तुरीको विना सहित पक्राउ

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । धादिङका ३५ वर्षिय श्याम पाठक र राजु थापा सहित ४ जनलाई प्रहरीले कस्तुरीको विनासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङका पाठक र थापा सहित नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं रहेका छन् ।

प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विनासहित उनीहरुलाई प्रहरीले काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट पक्राउ गरेको हो ।

आरोपीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।