पात्लेमा आठौं मान बहादुर मेमोरियल कप भोली देखि

Avatar photo
Dhadingpost
माघ ७, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा सोनाम ल्होछारको अवसरमा आठौं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता माघ ८ देखि १५ गते सम्म हुने भएको छ ।

विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गर्न लागेको यस आठौं मान बहादुर कप फुटबल प्रतियोगितको प्रथम पुरस्कार १ लाख २५ हजार राशी रहेको बताईएको छ ।

यस प्रतियोगितामा द्वितिय हुने टिमले६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०-२० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि २५ वटा टिम दर्ता भई सकेको र अझै दर्ताको प्रक्रियामा रहेको उनले बताए ।
स्तो भएको थियो
सातौं कप
छैटौं कप