त्रिविका सबै परीक्षा स्थगित

Avatar photo
Dhadingpost
माघ ६, २०७८

काठमाडौं त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि हुने भनिएका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

त्रि. वि. केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।