कालोसूचीमा परे ७ कम्पनी

Avatar photo
Dhadingpost
माघ ६, २०७८

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, बिज्ञानकुमार अर्यालको डाइग्नेकेम-जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालिलाई कालो सूचीमा राखेको छ ।

माघ ६ गतेदेखि लागु हुने गरी यी ७ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालो सुचीमा रहेका ती कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।