धादिङमा कोरोना संक्रमितको संख्या २६६ जना पुगे, सबै होम आईशोलेसनमा

Avatar photo
Dhadingpost
माघ ५, २०७८

धादिङ । कोरोना भाइरसको तेस्रो भेरियन्ट सुरु भएयता बुधबार सम्म धादिङमा २६६ जना संक्रमित भएको र उनीहरु सबै होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नीलकण्ठमा ६, गल्छीमा १, ज्वालामुखीमा २, गंगाजमुनामा ४, नेत्रवाति डवजोङमा ५, सिद्धलेकमा २ र धादिङ हस्पिटलमा १६ गरि जिल्लामा ३६ पोजिटिभ थपिए सँगै धादिङमा पछिल्लो संक्रमित संख्या २६६ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ । कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । ६१३ जना निको भएका छन् । बुधबार काठमाडौं उपत्यकामा ६३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १०१९, काठमाडौंमा ४६६६ जना संक्रमित थपिएका छन् ।