‘दामन पाख्रिन स्मृति कप’ फुटबल सिङ्गङले जित्याे

Avatar photo
Dhadingpost
पुस २३, २०७८

धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ दार्खा कुन्डले खेल मैदानमा पुस ४ गतेबाट सुरुभएको ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिताको फाईनल सिङ्गङ एकता समाजले जितेकाे छ ।

दार्खा युवा समाजले आयोजना गरेको उक्त 8A Side-2078 ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगितामा १८ टिमले भाग लिएका थिए फाईनलमा सदाबहार युवा क्लव धार्नालाई पराजित गर्दै सिङ्गाङ एकता समाज A विजयी भएकाे हाे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सिङ्गङ एकता समाजका दुई खेलाडी युबराज तामाङ र उत्कृष्ट गोल रक्षक भाइ कान्छा तामाङ बने ।

प्रतियोगितामा ६० हजार प्रथम, ३० हजार दोस्रो, १५ हजार तृतिय, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट फर्वाड, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्तालाई २–२ हजार पुरस्कार प्रदान गरिएकाे आयोजकले जनाएको छ ।