धादिङका ठाकुर शर्मा राप्रपा केन्द्रीय सदस्यमा मनोनित

Avatar photo
Dhadingpost
पुस २०, २०७८

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धादिङका ठाकुरा प्रसाद शर्मा सहित ३१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

लिङदेनले राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनयन हुनेमा पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् । विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठले बताए ।