
धादिङ । दक्षिण एसियाली फेडेरेसन क्रशकन्ट्री च्याम्पियनसिपमा नेपालबाट धादिङकी सन्तोषी श्रेष्ठ सहित १३ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टका अनुसार भारतको नागालल्याण्डमा हुने उक्त प्रतियोगितामा नेपालबाट सन्तोषी सहित ४ महिला र ३ पुरुष तथा यू–२० जुनियरतर्फ ३ महिला र ३ पुरुष खेलाडीहरुले प्रतिपर्धा गर्ने भएका हुन् ।
जनवरी १५ मा ५६ औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप र दक्षिण एसियाली फेडेसेरन क्रसकन्ट्री च्याम्पियनसिप आयोजना हुँदैछ । धादिङ ज्वालामुखी ६ कि सन्तोषी दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा स्वर्ण पदक विजेता खेलाडी हुन् ।
