
धादिङ । जिल्ला हुँदै बागमती प्रदेशबाट राष्ट्रिय स्तरको ‘मेयर कप तेक्वान्दो प्रतियोगिताको लागि छनोट धादिङका आशिक तामाङ तृतिया भएका छन् ।
पौष १६ र १७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको ‘मेयर कप तेक्वान्दो प्रतियोगितामा दुईवटा प्रदेशलाई जित्दै सेमिफाईनल पुगेका आशिक कर्णाली प्रदेश सँग हार्न पुग्दा तृतिय स्थानमा सिमित हुन पुगेका हुन् ।
सुरुको खेलमा गण्डकी प्रदेशका सुशिल परियारलाई र क्वाटर फाईनलमा सुसन बामलाई जित्दै सेमिफाईनल पुगेका धादिङका आशिक कर्णाली प्रदेशका योगेन्द्र शाह सँग पराजित हुन पुगेका थिए ।
यस प्रतियोगितामा सातै प्रदेशबाट र विभागिय टिम सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना गरि ११ वटा टिमको ३ सय ३० जना खेलाडीहरुले सहभागी जनाएको आयोजकलाई उदृढ गर्दै नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई बताए ।
