
धादिङ । माओवादी आन्दोलनको एउटा विशेष लडाई जनयुद्ध नेपाली इतिहासमा दर्ज भई सकेको छ । यहि जनयुद्धको क्रममा धादिङमा सबैभन्दा पहिला सहिद को बनेका थिए जिज्ञासा हुने गर्दछ । यहि जनयुद्धको क्रममा धादिङबाट आजैका दिन अर्थात ०५५ साल पुस १३ गते सिद्धलेक गाउँपालिका परेवाटार निवासी नारायण प्रसाद उपाध्यय सहित ७ जनाले सहादत प्राप्त गरेका थिए । तथापी अन्य ६ जना अन्य जिल्लाका भएकोले धादिङका सहिदहरुको सूचिमा उपाध्याय पहिलो नम्बरमा छन् ।
स्थानिय सुराकिद्धारा प्रहरीलाई सुराक दिएपछि गोर्खा जौबारी प्रहरी चौकिले पुरै गाउँ घेरा हालि गोलि चलायो । उक्त गोलि काण्डमा ७ जना सहकर्मी सहित उपाध्यायले सहादत प्राप्त गर्नु भयो । उक्त घटनामा हरी चन्द्र थापा मगर, दुर्गा श्रेष्ठ, सुनिता श्रेष्ठ, गुप्त बहादुरनकर्मी, सुर्य कुमाल, मुक्ति न्यौपानेले गोर्खाको केरावारीमा २०५५ पुस १३ गते सहादत प्राप्त गरेका थिए ।
धादिङका प्रथम सहिद नारायण प्रसाद उपाध्ययको संक्षिप्त जिवनी
धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्याय (दिपक) बुबा सुर्वण प्रसाद उपाध्याय र आमा चन्द्रा देवि उपाध्यायका सात सन्तान मध्य तेस्रो सन्तानको रुपमा २०३५ साल चैत्र २६ गते जन्मनु भएको थियो । उहाँको दाजु हरि, दिदी, सिता भाईहरु इश्वर, लक्ष्मी, दिपक, र बहिनी मेनुका हुनुहुन्छ । कृषिमा आधारित संयुक्त परिवारमा जन्मेका दिपकले वागेश्वरी उ।मा।वि। बेनीघाट १ रिचोकटारबाट १० कक्षा सम्मको अध्ययन गर्नुभयो ।
सानै देखि भेदभाव विरुद्ध लड्ने दिपक जनताका सामाजिक काममा अग्रसर हुने दिपक निकै बहुमुखी प्रतिभाको हुनुहुन्थ्यो । पौडी, भलिवल, कराते, जुडो सबैमा पोख्त हुनुहुन्थ्यो । एक पटक मौवा खोला देखि मलेखु सम्मको दौड प्रतियोगितामा प्रथम भएका दिपकले कम्युनिष्ट भएर कम्युनिष्टकै हत्या गर्ने हत्याराको हातको उपहार लिन्न भनेर पटक पटक मन्त्रि बनेका एमाले नेताको हातको पुरस्कार अस्विकार गरिदिनु भयो । दिपकले अखिल क्रान्तिकारी ३ न. निर्वाचन क्षेत्रको सदस्य भएर पनि काम गर्नुभएको थियो ।
कक्षा १० मा पढ्दा पढ्दै मुक्तिको खातिर आफ्नो अध्ययनलाई त्यहि थाती राखेर २०५३ सालमा जनयुद्धको आँधिमा हाम फाल्नु भयो । लगत्तै पार्टी सदस्यता पाएका दिपक तिव्र विकास गरेर स्क्वायर्ड कमाण्डर २०५५ मा पार्टी तत्कालिन मध्य कमाण्डको सेक्सन सह–कमाण्डरको गरिमामय जिम्मेवारी पूरा गर्नुभयो । उहाँले चितवनको कोराकको साना सकिसान, मैदी प्रहरी चौकी कब्जा लगायत तत्कालिन धादिङ गोर्खाको सम्पुर्ण फौजी कार्वाही तथा सेवोर्टेजमा प्रशंसा योग्य भूमिका निर्वाह गर्नुभयो । उहाँ सेना भित्र मार्सल आर्टका प्रशिक्षक पनि हुनुहुन्थ्यो ।
यसै क्रममा गोर्खाको खरिबोटमा (माओबादी) ले आयोजना गरेको केन्द्रिय सैन्य तालिममा भाग लिन जादै गर्दा केरावारी भन्ने ठाउमा सेल्टर बास बस्नुभयो । स्थानिय सुराकिद्धारा प्रहरीलाई सुराक दिएपछि गोर्खा जौबारी प्रहरी चौकिले पूरै गाउँ घेरा हालि गोलि चलायो । उक्त गोलि काण्डमा ७ जना सहकर्मी सहित उपाध्यायले सहादत प्राप्त गर्नु भयो । उक्त घटनामा हरी चन्द्र थापा मगर, दुर्गा श्रेष्ठ, सुनिता श्रेष्ठ, गुप्त बहादुरनकर्मी, सुर्य कुमाल, मुक्ति न्यौपानेले गोर्खाको केरावारीमा २०५५ पुस १३ गते सहादत प्राप्त गरेका थिए ।
