विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता

Avatar photo
Dhadingpost
मंसिर १४, २०७८

धादिङ मंसिर १४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता बनेका छन् ।

‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित धादिङ समाजको प्रवक्तामा लोहनीलाई चयन गरिएको अध्यक्ष राजन खकुरालले जानकारी दिए ।

अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो ।समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ। विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ।