धादिङ एन्फा लिगको सेमिफाईनल आज धुनीबेसी र गजुरी, पात्ले र धादिङ समाज बीच हुने

Avatar photo
Dhadingpost
मंसिर ८, २०७८

धादिङ मंसिर ८ । जिल्ला फुटबल संघ धादिङले मंसिर १ गतेबाट आयोजना गरेको धादिङ जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको आज सेमिफाईनल खेल हुने भएको छ ।

सेमिफाईनलको पहिलो खेल प्रतियोगित भर एक खेल पनि नहारी समुह ए बाट सेमिफाईनल पुगेको धुनीबेसी र समुह बी बाट व्वाईज युनाईटेडलाई गोल अन्तरले पछाडी पार्दै सेमिफाईनल पुगेको गजुरी सामुदायीक विकास समिति बीच बिहान ११ः३० बजे हुनेछ ।

यस्तै दोस्रो सेमिफाईनल खेल दिनको १ बजे समुह बी को विजेता विद्यार्थी उपकार संघ पात्ले र समुह ए बाट उप विजेता बनेर सेमिफाईनल प्रवेस गरेको धादिङ समाज धादिङ बीच हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।

फाईन खेल मंसिर ९ गते हुने र विजेता क्लवले नगद १ लाख पाउने छ, सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट छनोट हुनेछ । यस्तै उप विजेताले ५० हजार पाउने आयोजकले जनाएको छ । यस प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि थिए ।