धादिङ एन्फा लिग जारीः आज पाँचौ दिनको खेल अपडेट

Avatar photo
Dhadingpost
मंसिर ५, २०७८

धादिङ मंसिर ५ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिता अन्तरगत आज पाँचौ दिन पनि ४ खेलहरु सम्पन्न भएका छन् ।

आज बिहान पहिलो खेल धुनीबेसी युवा क्लव र न्यू स्टार युवा क्लव महादेवबेसी बीच भएको थियो । यस खेलमा न्यू स्टारको १ गोलको विरुद्ध धुनीबेसीले २ गोल गरी विजयी भएको थियो । आजको दोस्रो खेल गलौदी युवा क्लव गजुरी र इन्द्राणी युवा क्लव आदमघाट बीच भएको थियो । यस खेलमा गलौदीलाई शुन्यमा रोक्दै इन्द्राणीले २ गोल का साथ विजयी बन्यो ।

यस्तै आजको तेस्रो खेल भद्रकाली सामुदायीक समाज मलेखु र विद्यार्थी उपकार संघ धुवाँकोट नीलकण्ठ बीच भएको थियो । यस खेलमा भद्रकालीलाई शुन्यमा रोक्दै विद्यार्थी उपकारले २ गोल गरी विजयी भयो । त्यस्तै आजको अन्तिम खेल गजुरी सामुदायीक विकास समाज गजुरी र पञ्चकन्या युवा क्लव बीच भएको थियो । यस खेलमा पञ्चकन्याको १ गोलका विरुद्ध गजुरीले ३ गोल गरी विजयी बनेको थियो ।

जिल्ला फुटबल संघ धादिङको आयोजनामा भएको यस प्रतियोगिताको छैटौं दिन भोली पनि ४ खेल हुने महासचिव रामहरी थापाले जानकारी दिए । महासचिव थापाका अनुसार भोली हुने ४ खेलमा पहिलो खेल धादिङ समाज र धुनीबेसी युवा समाज, दोस्रो खेल अरुणदय आदमटार र न्यू स्टार महादेवबेसी, तेस्रो खेल विद्यार्थी उपकार संघ पात्ले र पञ्चकन्या युवा समाज र भोलीको अन्तिम खेल भद्रकाली सामुदायीक विकास समाज मलेखु र व्वाईज युनाईटेड धादिङबेसी बीच हुनेछ ।