धादिङमा एन्फा लिग मंसिर १ बाट हुने (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७८

धादिङ कात्तिक २७ । जिल्ला फुटबलले आयोजना गर्ने जिल्ला लिग फुटबल प्रतियोगिता मंसिर १ गतेबाट हुने भएको छ । जिल्लाका १२ वटा क्लवले भाग लिन पाउने यस प्रतियोगितामा भद्रकाली स्पोटस्, मलेखु, बेनीघाट रोरोङले नखेल्ने भए सँगै ११ वटा क्लवहरुले मात्रै यस प्रतियोगिता खेल्ने भएका छन् ।

कार्तिक २४ गतेबाट हुने भनिएको प्रतियोगिता प्राविधिक कारण देखाउँदै कार्तिक २८ गतेबाट गर्ने एन्फा धादिङ जनाएको थियो । फेरि कार्तिक ३० गते नेपाल बन्दको हल्लाले गर्दा मंसिर १ गते बाट दैनिक ४ खेल खेलाउने गरि एन्फा धादिङले खेल तालिका सार्वजनिक गरेको छ ।

यस प्रतियोगिताको विजेता क्लवले प्रदेश लिग खेल्न पाउने एन्फा धादिङका महासचिव रामहरी थापाले धादिङपोष्टलाई बताए । प्रतियोगिताको लिग खेल दुई ग्रुपमा खेलाईने भएको छ ,
ग्रुप A मा
धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी A
इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी B
गलौंदी युवा क्लव, गलौंदी, गजुरी C
धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ D
अरुणदय युवा क्लव, आदमटार, सिद्धलेक E
न्यू स्टार युवा क्लव महादेबेसी, थाक्रे F

ग्रुप B मा
पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे G
विद्यार्थी उपकार संघ, धुवाँकोट, नीलकण्ठ H
भद्रकाली सामुदायीक विकास समाज, मलेखु, बेनीघाट I
गजुरी सामुदायीक विकास समाज, गजुरीबजार, गजुरीे J
व्वाईज यूनाईटेड धादिङबेसी, नीलकण्ठ K

खेल तालिका