
धादिङ कात्तिक २१ । धादिङ जिल्ला कृकेट संघले कात्तिक ११ गते देखि १८ गते सम्म जिल्ला स्तरीय टी-२० क्रिकेट सम्पन्न गर्यो । १४ टिमले भाग लिएको यस प्रतियोगिताको च्याम्पियन गजुरी सामुदायीक विकास समाज भयो भने उप-विजेता त्रिपुरासुन्दरी क्रिकेट टिम बन्यो ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर त्रिपुरासुन्दरी क्रिकेट क्लवका टिम क्याप्टेन अमृत थापा बने भने गजुरी सामुदायीक विकास समाजबाट खेलेका त्रिपुरासुन्दरी गाउँपालिकाका उज्वल थापा म्यान अफ द सिरिज र उत्कृष्ट बलरबाट पुस्कृत बने यस्तै गजुरी सामुदायीक विकास समाजका उदयमान खेलाडी सक्षम खरेल चयन भए ।
म्यान अफ द सिरिज र उत्कृष्ट बलर उज्वल थापा
दुई विधा म्यान अफ द सिरिज र उत्कृष्ट बलरबाट पुस्कृत बनेका उज्वल थापाले प्रतियोगिताको पहिलो दिनको खेलमा धादिङ समाज धादिङ बिरुद्ध ३८ बलमा ६ चौका र ९ छक्काको मद्दतमा ९१ रनको आजीबित पारी खेलेका थिए भने बलिङ तर्फ उनलेले ३ ओभरमा १८ रन दिँदै ३ विकेट हात पारेका थिए । गजुरी सामुदायिक विकास समाजले धादिङ समाज धादिङ बिरुद्ध ६२ रनको विशाल जीत हात पारेको थियो ।
यस्तै गुजुरीले दोस्रो खेल, हाम्रो जनहित युवा समाज मलेखु सँग खेल्यो यस खेलमा उनले १० बलमा २३ रन बनाएका थिए भने हाम्रो जनहितका ५ ब्याटर सुन्य, अन्य ३ गरि ८ विकेट लिएका थिए । उनले ४ ओभरमा २ मेडन राख्दै ६ रन दिएर ८ विकेट लिएका हुन् । यो खेल पनि गजुरीले जितेको थियो । गजुरीले यस प्रतियोगिताको लागि तेस्रो खेल कारु मेमोरियल ट्रस्ट बेनीघाट सँग खेल्यो, यस खेलमा पनि गजुरीले ९१ रनको जित निकालेको थियो । जितका लागि उज्वलले २० बलमा २ चौका र ५ छक्काको मद्दतमा ४६ रन जोडेका थिए भने यस खेलमा ३ विकेट लिएका थिए ।
गजुरीले यस प्रतियोगिताको लागि चौथो खेलमा चरौदी समाज सुधार युवा क्लब माथि ११९ रनको जित निकालेको छ । यो खेलमा उज्वलले ४० बल खेलेका थापाले ८ चौका र ९ छक्का प्रहार गरी शतक बनाएका थिए । यसपछि फाईनलमा त्रिपुरासुन्दरीलाई गजुरीले २१ रनले हराएको थियो । उनले प्रतियोगिताको ५ खेलमा १०८ बल खेले जसमा २६० रन जोडे भने गेम अवधिभरमा १६ विकेट लिँदै उत्कृष्ट स्कोर रेकर्ड बनाएका थिए ।
उत्कृष्ट ब्याटर त्रिपुरासुन्दरी क्रिकेट क्लवका टिम क्याप्टेन अमृत थापा
त्रिपुरासुन्दरीले पहिलो खेलमा चक्रदेवि सामुदायिक समाजलाई ५६ रनले पराजीत गरेको थियो । यस खेलमा अमृत थापाले ४० बलमा ६३ रन निकालेका थिए । त्रिपुरासुन्दरीले आफ्नो दोस्रो खेल भद्रकाली माथि ५० रनको जित निकालेको थियो । यस खेलमा अमृतले १७ रन जोडे भने ४ ओभरमा १ मेडन राख्दै ११ रन दिएर १ विकेट लिए ।
त्रिपुरासुन्दरीले आफ्नो तेस्रो खेलमा सम्बाहक युवा क्लब माथि ९ विकेटको जित निकालेको थियो । यस खेलमा अमृतले ४१ बलमा ७२ रनको आजिवित पारी खेले । थापाले १२ चौका र २ छक्का प्रहार गरेका थिए । त्रिपुरासुन्दरीले अन्तिम खेल गजुरी सँग फाईनल खेलेको थियो । २१ रनले फाईनल हार्न पुगेको त्रिपुरासुन्दरीका टिम क्याप्टनले खेल अवधिभरमा १३९ बलमा २३७ रन बनाउँदै उत्कृष्ट ब्याटर घोषित बने
उदयमान खेलाडी सक्षम खरेलले
गेम अवधिभरमा ७ विकेट लिएका गजुरीका १६ वर्षिय सक्षम खरेलले फाईलन खेलमा २ विकेट लिएका थिए उनलाई आयोजकले उदयमान खेलाडीका रुपमा सम्मान गरेको थियो ।
