
धादिङ कात्तिक १६ । धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ११ गते देखि जारी छ । बेनीघाट रोराङको बिशालटारमा सुरु भएको उक्त प्रतियोगिताको आज छैटौं दिन ३ खेल सम्पन्न भएका छन् । जसमा त्रिपुरासुन्दरी क्रिकेट टिम, चक्रदेवि सामुदायीक समाज नलाङ र साङ्कोस क्रिकेट क्लव नीलकण्ठ विजयी बने ।
आज विहान ७ बजे भएको पहिलो खेलमा त्रिपुरासुन्दरी र सम्बाहक युवा क्लब बिचको खेलमा त्रिपुरासुन्दरीले ९ विकेटको जित निकालेको छ । बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको सम्बाहकले १८.३ ओभरमा १० विकेट गुमाउँदै ९९ रन जोड्यो । टोलीका लागि अमन श्रेष्ठले २१ बलमा २३ रन जोडे । यस्तै एन्जल खरेलले २६ बलमा ३४ रन प्रहार गरे ।
त्रिपुरासुन्दरीका बुबा-छोराको जोडीले ५ विकेट लिए । बुबा उदय थापाले ३.३ ओभरमा १ मेडन राख्दै ७ रन दिएर ४ विकेट लिए । छोरा अमृतले १ विकेट लिए । यस्तै निशान खड्काले ४ ओभरमा २१ रन दिँदै ३ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको त्रिपुरासुन्दरीले १२.३ ओभरमा लक्ष्य भेटायो । टोलीको जीतमा अमृत थापाले ४१ बलमा ७२ रनको आजिवित पारी खेले । थापाले १२ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै निशान खड्काले १० तथा ईश्वर अधिकारीले ६ रन जोडे । लगातार ३ जित निकालेको त्रिपुरासुन्दरीले सेमी फाइनल प्रवेश गरिसकेको छ ।
बिहान ११ बजे भएको खेलमा चक्रदेवी सामुदायिक समाज र भद्राकाली सामुदायिक बिकास समाज बिचको खेलमा चक्रदेवीले रोमञ्जक २ रनको जित निकालेको छ । बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको चक्रदेवीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन जोड्यो । चक्रदेवीका साहिल भण्डारीले २३ रन जोडे ।
भद्राकालीका रूपेशले ४ ओभरमा १ मेडन राख्दै१६ रन दिँदै ३ विकेट लिए । प्रविन सिलवालले ३ तथा अनिल थापाले १ विकेट लिए । सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको भद्राकालीले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ९१ रन जोड्यो । भद्राकालीका सुबाशले २६ तथा बिजुलले २२ रन जोडे । चक्रदेवीका साहिलले ३ ओभरमा ९ रन दिँदै २ विकेट लिए । साथै रबिन, मनिष र संगीमले सम्मान १/१ विकेट लिए । खेलको म्यान अफ द म्याच साहिल भण्डारी भए ।
आज दिउँसो २ बजे भएको खेलमा साङ्कोस क्रिकेट टिम र गलौदि युवा समाज बिचको खेलमा साङ्कोसले ८ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङका लागि आएको साङ्कोसले १५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५९ रन जोड्यो । टोलीका लागि सुदिप घिमिरेले २१ बलमा २४ रन जोडे।
गलौदिका अनिलले २ विकेट लिए साथै विजय २ , रवि र सन्तोषले सम्मान २/१ विकेट लिए । सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गलौदिले १०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेटायो । जीतमा विकास श्रेष्ठले २६ तथा निराजन श्रेष्ठले १८ रन जोडे । गलौदिका सुबाशले १ विकेट लिए । खेलको म्यान अफ द म्याच अनिल ढकाल भए ।































