धादिङमा जारी क्रिकेटका कान्छा १३ वर्षिय खेलाडी सुप्रिमको पारस खड्कालाई भेट्ने इच्छा

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७८

धादिङ कात्तिक १६ । धादिङमा कात्तिक ११ गते देखि जारी टी-२० अन्तर क्लव जिल्ला स्तरीय प्रतियोगिताका १३ वर्षिय कान्छा खेलाडी सुप्रिम केसीले आफ्नो पहिलो इच्छा नेपालका पूर्व कप्तान पारस खड्कालाई भेट्ने रहेको बताएका छन् ।

चक्रदेवी सामुदायिक समाज सिद्धलेक नलाङबाट प्रतियोगितामा सहभागि १३ वर्षिय उनलाई क्लवले बलिङ गर्ने मौका नदिए पनि व्याटरको भुमिका भने दिएको थियो । अनुभवी खेलाडीको बीचमा कलिलो मसल लिएर मैदानमा उत्रेका उनी कुनै एकेडेमीले सिक्ने मौका दिए आभारी हुने समेत धादिङपोष्टलाई बताए । जिल्ला क्रिकेट संघले आयोजना गरेको उक्त टि २० क्रीकेट प्रतियोगिताका कान्छो खेलाडी केसीले क्रीकेटलाई आफ्नो करियरको रुपमा लिएका छन् ।

प्रतियोगितामा चक्रदेवी सामुदायिक समाज (CCS-TYT) ले त्रीपुराशुन्दरी क्रीकेट क्लब सङ्ग १०९/१०(२०) – १६५/६(२०) सङ्ग हार, शुभारम्भ युथ क्लब सङ्ग १०५/१०(१८.५) – ९७/७(२०) सङ्ग जित र भद्रकाली क्लब सङ्ग ९४/१०(१९.२)- ९१/५(२०) ले जित हासिल गरेको छ । प्रतियोगितामा क्वार्टरफाइनल खेल तालिका नभएको हुँदा दुई खेल जितेर पनि चक्रदेवी सामुदायिक समाज (CCS-TYT) ले सेमिफाइनल चरण पार गर्न सकेन । ग्रामिण भेगबाट खेलमैदानको अभाबमा पनि केबल क्रीकेट नेटमा अभ्यासको भरमा जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएर क्रीकेट खेल बिकासमा महत्वपूर्ण योगदान थपेको छ ।