अस्ट्रेलियाबाट खेलाडी सुदिपद्वारा राईजिङ स्टारलाई १ लाखको खेल सामाग्री प्रदान

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७८

धादिङ कात्तिक १४ । अस्ट्रेलियामा रहदै आएका बेनिघाट रोराङ वडा न. ५, ग्याँजाका सुदिप सिल्वालले स्थानीय राईजिङ स्टार फुटबल क्लव (आरसीएफसी) लाई एक लाखको खेलकुद सामाग्री सहयोग गरेका छन् । आरसीएफसीका कोच दुर्गाबाबु गुरुङलाई ३६ वटा फुटबल जेर्सी सेट, मोजा, सिमप्याड, ६ वटा अफिसियल जर्सी, ३० वटा विफ, ७ वटा फुटबल, मार्कर, किपर पन्जा लगायत एक लाख बराबरको खेलकुद सामाग्री सहयोग गरेका हुन् ।

अस्ट्रेलियामा क्रीकेट क्लब हिमालयन् वारियर्सका बोर्ड सदस्य, व्यवस्थापक र फुटबल क्लब ब्रदर्स युनाइटेडका सदस्य तथा दुवै क्लबका सक्रिय खेलाडी सिलवालले भिडियो कल मार्फत कुरा गर्दै आगामी दिन नेपाल आएर उक्त क्लबलाई अझै ठूलो सहयोग गर्ने बाचा गर्दै सम्पुर्ण खेलाडीहरुलाई शुभकामना व्यक्त व्यक्त गरे ।