
धादिङ कार्तिक ६ । धादिङ जिल्ला फुटबल संघले कार्तिक २४ गते देखि नवौं जिल्ला लिग फुटबलको आयोजना गर्ने भएको छ । शनिबार बसेको कार्य समितिको बैठकले कार्तिक २४ गते देखि नवौं जिल्ला लिग गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला लिग खेल्न इच्छुक क्लवहरुलाई कार्तिक २० गते अपराहन्न ४ बजेसम्म टिम दर्ता गर्न समेत आव्हान गरेको छ । एन्फाले बैशाख महिना भित्रै जिल्ला लिग सक्न सूचना जारी गरे पनि कोरोनाको कारण रोकिएको जिल्ला लिग २४ गतेबाट गर्न लागिएको धादिङ जिल्ला फुटबल संघले जनाएको छ ।









































