धादिङका तिमिल्सिनाले एनआरएनए युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
अशोज २१, २०७८

काठमाडौं असोज २१ । अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।

युरोप क्षेत्रीय उपसंयोजक रहेका धादिङ धुँवाकोट पुर्खेली घर भएका कृष्ण तिमल्सिनाले अब एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने उम्मेदवारी घोषणा छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।तिमल्सिना नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । सन् २००७ देखि एनआरएनमा आवद्ध भएका बेलायत निवासी तिमल्सिना ९२०१५-२०१७० सम्म एनआरएन केन्द्रीय सदस्य थिए ।

त्यसेवला संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने समिति र लगानी प्रबर्धनसम्बन्धी समितिको समेत जिम्मेवारी उनले निर्बाह गरेका थिए । गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकारको रुपमा रहिसकेका उनी त्यसअघि बेलायत गैरआवासीय नेपाली संघको कार्यसमिति सदस्य तथा उपाध्यक्षको भूमिकामा थिए ।