क्रिकेट संघ धादिङ खेलकुद कार्यालयमा दर्ता

Avatar photo
Dhadingpost
भदौ ८, २०७८

धादिङ भाद्र ८ । धादिङबेसीमा आईतबार सम्पन्न भेलाद्वारा गठन भएको जिल्ला क्रिकेट संघ तदर्थ समिति धादिङ आज औपचारिक रुपमा जिल्ला खेलकुद विकास समिति धादिङमा दर्ता भएको छ ।

जिल्ला खेलकुदमा दर्ता भए सँगै नेपाल क्रिकेट संघ केन्द्रमा दर्ताको प्रक्रिया अगाडी बढेको अधयक्ष दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

अध्यक्ष कडेल सहितको टोलीले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङलाई भेट गरि संघ दर्ता गरेको हो । संघले अब धादिङमा पहिलो चरणमा विद्यालय स्तरीय लिग खेलाउने तयारीमा लाग्ने र त्यसको लागि आवश्यक सहयोग गर्न खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङलाई अध्यक्ष कडेल आग्रह समेत गरेका थिए ।

धादिङबाट रोजगारीको सिलशिलामा जापानको नागोया शहरमा रहेकाहरुको साझा संस्था धादिङ समाज नागोया जापानले धादिङ जिल्ला क्रिकेट संघलाई खेलकुद सामाग्री उपलब्ध गराउने भएको छ ।

धादिङ जिल्लामा खेलकुद विकासमा धादिङ क्रिकेट संघको तदर्थ समिति गठन हुनु ऐतिहासिक काम भएको र धादिङको क्रिकेट खेलको विकासका लागि समाजले तत्काल एक सेट क्रिकेट खेल सामाग्री उपलब्ध गराउने निर्णय भएको धादिङ समाज नागोयाका पूर्व सचिव रामकुमार थापाले जानकारी दिनुभयो ।

आईतबार धादिङमा भएको एक भेलाले दिपेश कडेलको नेतृत्वमा एक सदस्य पछि थप्ने गरि धादिङ जिल्ला क्रिकेट संघ गठन भएको थियो ।

धादिङ जिल्ला क्रिकेट संघको तदर्थ समितिको नामावली
अध्यक्षः दिपेश कडेल
उपाध्यक्षः नारायण सिलवाल
महासचिवः मनिश दुवाडी
सचिवः सन्दिप सापकोटा
कोषाध्यक्षः ठाकुर ढकाल
सह-सचिवः रामबहादुर रानामगर
सदस्यहरुः
साम्भवी थापा
श्रीकृष्ण भण्डारी (अनमोल)
अनिश अधिकारी
सन्तोष पाण्डे
रविन्द्र सापकोटा
दिपेन्द्र शाह
सुजन भट्टराई
जितेन्द्र श्रेष्ठ

सल्लाहकार समिति
संयोजकः देवराज घलान
सदस्यहरुः
रामहरी थापा
गोपीकृष्ण भण्डारी
सुदिप गौली
राजाराम शर्मा