धादिङ समाज नागोयाले धादिङ क्रिकेट संघलाई खेल सामाग्री दिने घोषणा

Avatar photo
Dhadingpost
भदौ ७, २०७८

धादिङ भाद्र ७ । धादिङबाट रोजगारीको सिलशिलामा जापानको नागोया शहरमा रहेकाहरुको साझा संस्था धादिङ समाज नागोया जापानले धादिङ जिल्ला क्रिकेट संघलाई खेलकुद सामाग्री उपलब्ध गराउने भएको छ ।

धादिङ जिल्लामा खेलकुद विकासमा धादिङ क्रिकेट संघको तदर्थ समिति गठन हुनु ऐतिहासिक काम भएको र धादिङको क्रिकेट खेलको विकासका लागि समाजले तत्काल एक सेट क्रिकेट खेल सामाग्री उपलब्ध गराउने निर्णय भएको धादिङ समाज नागोयाका पूर्व सचिव रामकुमार थापाले जानकारी दिनुभयो ।

आईतबार धादिङमा भएको एक भेलाले दिपेश कडेलको नेतृत्वमा एक सदस्य पछि थप्ने गरि धादिङ जिल्ला क्रिकेट संघ गठन भएको थियो ।

धादिङ जिल्ला क्रिकेट संघको तदर्थ समितिको नामावली
अध्यक्षः दिपेश कडेल
उपाध्यक्षः नारायण सिलवाल
महासचिवः मनिश दुवाडी
सचिवः सन्दिप सापकोटा
कोषाध्यक्षः ठाकुर ढकाल
सह-सचिवः रामबहादुर रानामगर
सदस्यहरुः
साम्भवी थापा
श्रीकृष्ण भण्डारी (अनमोल)
अनिश अधिकारी
सन्तोष पाण्डे
रविन्द्र सापकोटा
दिपेन्द्र शाह
सुजन भट्टराई
जितेन्द्र श्रेष्ठ

सल्लाहकार समिति
संयोजकः देवराज घलान
सदस्यहरुः
रामहरी थापा
गोपीकृष्ण भण्डारी
सुदिप गौली
राजाराम शर्मा