
धादिङ भाद्र २ । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा खेल्न इच्छुक धादिङका खेलाडीलाई चक्रदेवी सामुदायिक समाज नलाङ सिद्धलेकले सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ, सि डिभिजन छनौट खेल खेल्न इच्छुक धादिङका खेलाडीहरुको छनौट कार्यक्रम भाद्र ३ गते बिहान १० बजे चन्द्रोदय मा. बि. बिशालटारकोको खेल मैदानमा हुने हुँदा भाग लिन इच्छुक खेलाडीहरुलाई सम्पर्कमा आइदिनु हुन विनम्र अनुरोध छ । सम्पर्क: 9841761737, 9851219018, 9823564350, 9808142044 ।
यस प्रतियोगिताको लागि एन्फामा धादिङका ३ सहित देशभरका ७९ क्लबले टिम दर्ता गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिए अनुसार ‘सी’ डिभिजन छनोटका लागि बागमती प्रदेशबाट मात्रै ६२ क्लबले नाम दर्ता गराएका छन् ।
धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिने भएका हुन् । शुभारम्भ युवा समाज गल्छीले विभिन्न चरणमा खेलाडी छनोट गरी खेलाडीलाई क्लोज क्याम्पमा राखि सकेको छ ।
