चन्द्रोदय मावि विशालटारद्वारा सिकाई सहजीकरणका लागि आमा समुह गठन

Avatar photo
Dhadingpost
साउन ३१, २०७८

धादिङ साउन ३१ । धादिङको बेनीघाट रोराङ गाउँपालिका बिशालटारमा रहेको चन्द्रोदय माध्यामिक विद्यालयले सिकाई सहजीकरणका लागि १४ वटा शैक्षिक जागरण आमा समुह गठन गरेको छ ।

भौतिक उपस्थितिमा कक्षा संचालन गर्न नसकिएकोले सिकाई सहजीकरणका लागि आमा समुहको मुमिका महत्वपूर्ण हुने हुँदा विद्यार्थीको संख्याको आधारमा शैक्षिक जागरण आमा समुह गठन गरिएको विद्यालयका शिक्षक राजेन्द्र पाण्डेले धादिङपोष्टलाई बताए ।

नमुना विद्यालयको सूचीमा रहेको यस विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि गठन भएका १४ वटै शैक्षिक जागरण आमा समुहका प्रतिनीधिहरुलाई एक दिने अभिमुखिकरण गरेको छ ।