एनआरएनए बेल्जियमको महासचिवमा मलेखुका रमेश कंडेलको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
असार २८, २०७८

बेल्जियम असार २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखु स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका रमेश कंडेलले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

सन् १९९९ मा बेल्जियम प्रवेष गरेसंगै सामाजिक कार्यमा सक्रियता देखाउँदै आउनु भएका कंडेलले आगामी कार्यकाल ९२०२१–२०२३० का लागि आफुले महासचिव पदमा उम्मेदवारी दिएको धादिङपोष्टलाई बताउनु भयो

हिमालयन सोसाइटीका संस्थापक उपाध्यक्ष समेत भै सक्नु भएको उहाँले बेल्जियममा ‘सँगालो’ नामक पत्रिका, २००६ मा सँगालो रेडियो मार्फत घरबाटै युरोपभरीका नेपाली माझ सूचना र मनोरन्जन पुर्याउने काममा समेत महत्वपूर्ण योगदान गर्नुभएको थियो ।

उहाँले ९२०२१–२०२३० का लागि लागि गोविन्द (सीपी) भट्टको नेतृत्वमा लोकतान्त्रिक समाबेसी समुहको तर्फवाट महासचिव पदमा उम्मेदवारी दिनु भएको हो ।

ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको कार्यकाल 2021-23 को लागी यहि July 18 मा सम्पन्न हुन गईरहेको छ ।