एनआरएनए बेल्जियमको उपाध्यक्षमा कासी दनैको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, असार २३, २०७८

बेल्जियम असार २३ । धादिङ ज्वालामुखी गाउँपालिका चैनपुर स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका युवा समाजसेवी कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

विगत २००४ साल देखि बेल्जियममा बसोबास गर्दै आउनु भएका दनै गैर आवासीय नेपाली संघको (२०१९-२०२१) मा युवा संयोजक समेत बनि सक्नु भएको छ । उहाँले आगामी २०२१-२०२३ कार्यकालका लागि एनआरएनए बेल्जियमको उपाध्यक्षमा पदमा उम्मेदवारी आज घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गरे सँगै दनैले बेल्जियममा रहेका नेपालीहरु सँग भोट माग्दै पाँच प्रतिवद्धताहरु समेत सार्वजनिक गर्नुभएको छ ।

प्रतिवद्धता जस्ताको तस्तैः

१. एनआरएनए मा युवाहरुको अधिकतम उपस्थिति गराउन पहल गरि सस्थामा हुने राजनितिक हस्तक्षेप रोक्न जोडदार पहल गर्ने ।
२. “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने ।
३. नेपाली भाषा,साहित्य,कला र संस्कृतिको साथै पर्यटन प्रबन्ध विकासको प्रचार प्रसारका लागि समुदाय र नेपाली राजदूतावास संघ मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने ।
४. अन्तर्राष्ट्रिय समन्वय परिषदले सुरुवात गरेको दिगो लगानी तथा ठुला परियोजनामा सम्पूर्ण पंजीकृत सदस्यहरुले आफ्नो इच्छा अनुरुप लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने ।
५. स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवस्यक डाटा सुरक्षा प्रणाली लाई सुद्रिदिकरण गर्न पहल गर्न ।

ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको कार्यकाल 2021-23 को लागी यहि July 18 मा सम्पन्न हुन गईरहेको छ ।