धादिङका खेल मैदान, खेलकूद सदस्य सचिवद्वारा निरिक्षण

Avatar photo
Dhadingpost
असार १४, २०७८

धादिङ असार १४ । बागमती प्रदेशका खेलकूद परिषद सदस्य सचिवले धादिङमा प्रदेश सरकारको सहयोगमा निर्माण भएका खेल मैदान र कभर्डहल निरिक्षण गरेका छन् ।

सदस्य सचिव सुर्यलाल भण्डारीले गजुरी गाउँपालिकाको गलौंदी खेल मैदान, धादिङबेसी अल्छीडाँडामा निमार्णधिन खेल मैदान र धादिङबेसी स्थित माले बगरमा बन्दै गरेको कभर्डहल निरिक्षण गरेका हुन् ।

निरिक्षण पछि धादिङपोष्ट सँग कुरा गर्दै सदस्य सचिव भण्डारीले गत आर्थिक वर्षमा प्रदेशको हालेको बजेट अनुसार काम भए नभएको हेर्न आएको हुँ । सरकारले बजेट स्वास्थ्यमा केन्द्रित गरेकोले खेलकूद क्षेत्रको विकासमा केहि संकट पैदा भएपनि विगतको तुलनामा खेलकूदका गतिविधि बढ्ने दावी गर्नु भएको थियो ।

अनुगमन पछि जिल्ला खेलकूद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले धादिङका लागि खेलकूद विकासका लागि वजेट बढाउनु पर्ने, निमार्णधिन खेलकूद मैदानलाई पुर्णता दिन प्रदेशले विशेष योजना बनाउन आग्रह गर्नु भएको थियो ।