धादिङका सन्तोष लम्साल एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टरमा विजयी

Avatar photo
गोविन्द बुढाथोकी
जेष्ठ १७, २०७८

टेक्सास जेष्ठ १७ । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभञ्ज्याङका सन्तोष लम्साल हाल अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । उहाँ भर्खरै सम्पन्न एनआरएन अमेरिका टेक्सासको निर्वाचनबाट च्याप्टर बोर्ड अफ डाईरेक्टर पदमा विजयी हुनुभएको छ ।

May 29-30  मा सम्पन्न निर्वाचनबाट उहाँ एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टर पदमा १ हजार ५६१ मत ल्याउँदै 2021-2023 लागि विजयी हुनुभएको हो ।

गैर आवासीय नेपालीहरुको संस्था एनआरएन अमेरिका टेक्सास च्याप्टरमा ४ हजार १९९ मतमा १ हजार ५६१ मत लम्सालले ल्याउनु भएको थियो ।