धुनिबेशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख १, २०७८

धादिङ बैशाख १ । धुनिबेशी नगरपालिकाले दशौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगित सम्पन्न गरेको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको धुनीबेसी नगरपालिका स्तरीय उक्त प्रतियोगीतामा मंगलबार सम्पन्न भएको हो ।

प्रतियोगितामा भुबनेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण ५ रजत ८ कास्य सहित कुल २३ अंक प्राप्त गरेर प्रथम भयो । यस्तै गुडस्टार्ट बोर्डिङ स्कुलले ४ स्वर्ण, ३ रजत, ३ कास्य सहित कुल १० अंक प्राप्त गरेर द्धितिय स्थान हासिल गरेको छ ।

त्यस्तै महेशधर्म माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत, २ कास्य सहित कुल ८ अंक प्राप्त गरेर तृतिय स्थान हासिल गरेको छ ।

नगरपालिका भित्रका १६ वटा विद्यालयले यस प्रतियोगितामा सहभागीता जनाएका थिए ।