धादिङ, कैलाली सँग बराबरीमा रोकियो

Avatar photo
Dhadingpost
चैत्र ९, २०७७

धादिङ चैत्र ९ । नेपालगंजमा जारी एन्फा प्रसिडेन्ट लिग ०७७ को १२ औं खेलमा आज बागमती प्रदेश विजेता धादिङ समाज धादिङ र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लव कैलालीले बराबरी खेलेका छन् ।

धादिङले फाईनल यात्राका लागि अंक स्कोरको शिर्ष स्थानमा रहेको कैलालीलाई पाराजित गर्नै पर्ने वाध्यात्मक अवस्थामा थियो, तर दास्रो हापको सुरुवात मै १ गोलले अग्रता लिएको धादिङले खेलको अन्तिम समयमा कैलालीको तर्फबाट गएको बल धादिङका गोलकिपरको हातबाट खस्दा गोलमा परिणत हुँदा धादिङ बराबरीमा रोकिन पुगेको थियो ।

यस खेलमा म्यान आफ द म्याच जर्सी नम्बर २० का धादिङका खेलाडी अनिल तामाङ चुनिए ।

यस प्रतियोगिताको आजै दिउँसो भएको अर्को खेलमा सैनिक फुटबल क्लव झपाले ३-२ को गोल गन्तरले लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँकेलाई हराएको थियो ।

आज सम्मको अंक स्कोर

  • सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लव कैलाली, अंक-१०
  • बागमती प्रदेश धादिङ समाज धादिङ, अंक -७
  • प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लव लमजुङ, अंक -६
  • लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँके, अंक-६
  • प्रदेश नम्बर १ को सैनिक फुटबल क्लव झापा, अंक -४
  • प्रदेश नम्बर ६ को लेकाली युवा क्लव जुम्ला, अंक-१
  • प्रदेश नम्बर २ को मनकामना युवा क्लव, रौतहट अंक-०

चैतको १५ गते सम्म चल्ने यस प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । तस्वीरः शंकर सिलावल, नेपालगंज