
धादिङ चैत्र ८ । धादिङको बैरेनी देखि चरौंदी सम्म नेपाली सेनाले COAS International Tri-Adventure Competition चौथो संस्करण प्रतियोगिता सम्पन्न गरेको छ ।
६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्याफ्टिङ्ग गरी दुरी ४३.७ कि.मि. रहेको ३ (तीन) वटा ईभेण्टहरु समावेश भएको उक्त प्रतियोगिता प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
कुल २० टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टिम (पुरुष २ टिम र महिला १ टिम) र मध्य पृतना हे.क्वा.को १ टिम गरी ४ टिम सहित स्वदेशी १६ टिम (पुरुष १२ टिम , महिला ४ टिम) र मित्रराष्ट्रहरु (बगंलादेश, पाकिस्तान र बेलायत) बाट ३ टिम तथा नेपालमा बस्दै आएका विदेशीहरु (Expats) को १ टिम गरि जम्मा ४ टिमहरुमा आवद्ध ८० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताको नतिजा निम्न अनुसार रहेको छ।सहभागी सबै प्रतियोगीहरुलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट पदक, ट्रफि, प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गर्नुका साथै उक्त प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने नं. ६ बाहिनी अड्डा तथा शिवदल गणलाई समेत कदर-पत्र प्रदान गरिएको थियो ।
वि.सं. २०७१ सालदेखि राष्ट्रियस्तरमा संचालन शुरु भई वि.सं. २०७४ बाट विभिन्न मित्रराष्ट्रका सैनिक टिमहरुको समेत सहभागिता रहँदै आएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, धादिङ जिल्लाका जिल्ला न्यायाधीश तथा अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएकाे छ ।
