धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैतहट पराजित

Avatar photo
Dhadingpost
चैत्र ७, २०७७

धादिङ चैत्र ७ । नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगकाे आजकाे खेलमा धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैटहट पराजित भएकाे छ । धादिङ ३-० काे गाेल अन्तरले राैतहट विरुद्ध विजयी भएकाे हाे । धादिङका लागि आज आशिस राई, शिरिर लेखी र रवि भण्डारीले १-१ गाेल गरेका थिए । याे सँगै धादिङ ३ खेलमा दुई खेल विजयी भएकाे छ, भने राैतहट ३ खेलमा ३ नै खेलमा हार व्यहाेरेकाे छ । अब धादिङ चैत्र ९ गते कैलालिकाे स्टार सिटि सँग खेल्ने छ । लिग सिंगल राउण्ड रोविनका आधारमा भएकाे याे खेलमा धादिङले चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।